बाल अधिकारको सुनिश्चितता गर्न आयोगको आग्रह

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले बाल अधिकारको संरक्षणका लागि परिणाममुखी काम गर्न आग्रह गरेको छ । विश्व बाल दिवसको अवसरमा विज्ञप्ति निकालेर आयोगले सबै नागरिक, अभिभावक, राजनीतिक दल, अधिकारकर्मी र सर्वसाधारणलाई अनुरोध गरेको हो । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले निकाल्नुभएको विज्ञप्तिमा आयोगले बालबालिकाको आधारभूत अधिकारको सुनिश्चितता गर्न, बाल सहभागितासहितको अधिकारको सम्मान, सुधार गृहको व्यवस्थित रूपमा सञ्चालन गर्न तथा अन्य बालमैत्री आवश्यक कार्य गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ । नेपा...

Source : https://ujyaaloonline.com/story/109051/2024/11/20/nhrc-urges-to-ensure-child-rights