बेलायतमा नयाँ कोइला खानी खोल्न प्रतिबन्ध लगाउने तयारी
बेलायतले नयाँ कोइला खानीहरूमा प्रतिबन्ध लगाउने कानून ल्याउने घोषणा गरेको छ । बेलायतलाई स्वच्छ ऊर्जाको अग्रणी बनाउने सरकारको योजनाअनुसार कोइला खानी प्रतिबन्ध लगाउने तयारी भएको हो । जलवायु परिवर्तनको सामना गर्न महत्त्वपूर्ण कदम भन्दै चाँडै नयाँ कोइला खानीहरूको भविष्यको इजाजतपत्र प्रतिबन्धित गर्न नयाँ कानून ल्याउने बेलायती सरकारले घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ । यसअघि गएको अक्टोबरमा कोइलाबाट चल्ने पावर स्टेशन रेटक्लिफ–अन–सोअर बन्द भएको थियो । योसँगै अब बेलायतमा कोइलाबाट चल्ने कुनै पनि आयोजना ...
Source : https://ujyaaloonline.com/story/108856/2024/11/15/preparations-to-ban-new-coal-mines-in-britain-