बौद्ध विहार संघको अध्यक्षमा सहकारीकर्मी कर्णरत्न बज्राचार्य

ललितपुर।

बौद्ध विहार संघको अध्यक्षमा कर्णरत्न बज्राचार्य चयन भएका छन्।
संघको आईतबार सम्पन्न ४९ औं वार्षिक साधारणसभाले यस अघि वरिष्ठ उपाध्यक्ष रहेका बज्राचार्यलाई आगामी तीन वर्षका लागि अध्यक्षमा चयन गरेको हो।सहकारी क्षेत्रमा समेत क्रियाशील बज्राचार्य रत्नाकर महाविहार(हखबहाल)बाट संघमा प्रतिनिधित्व गर्दै आएका छन् ।

त्यस्तै कार्यसमितिको निर्वतमान अध्यक्षमा नानीकाजी शाक्य, उपाध्यक्षहरुमा सुरेन्द्र बज्राचार्य पुष्प शाक्य, राजु बज्राचार्य, अमोघबज्र बज्राचार्य रहेका छन् ।महासचिव बाबुराज बज्राचार्य, सचिव दीपक शाक्य, कोषाध्यक्ष नरेश शाक्य र सहकोषाध्यक्ष रविन्द्र शाक्य छन् ।

कार्यकारिणी सदस्यहरुमा रुपकमार शाक्य, सुनील शाक्य ‘हान्ताई’ दिनेश शाक्य र वत्सकुमार शाक्य लगायत रहेका छन् ।
निर्वाचन समितिको संयोजकमा पुष्परत्न शाक्य सदस्यमा अधिवक्ता राजु शाक्य र अनिलवीर बज्राचार्य रहेका थिए।

२०३२ साल मंसिर १ स्थापित संघ ललितपुरका ऐतिहासिक बहाःबहीको साझा र प्रतिनिधिमूलक संघ रहेको छ।संघले लिच्छिविकालीन, मल्लकालीन बौद्ध विहार पुनःनिर्माण गर्नेदेखि लिएर बुद्ध धर्म फैलाउने कार्य गर्दै आएको छ।

Source : https://newsofnepal.com/2024/11/17/678553/