भदौमा सेयर बजारबाट साढे दुई अर्ब बढी पुँजीगत लाभकार संकलन

काठमाडौँ । भदौमा सेयर बजारबाट साढे दुई अर्ब बढी पुँजीगत लाभकार संकलन भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार भदौ महिनामा सेयर बजारबाट २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पुँजीगत लाभकार संकलन भएको हो ।

यो पुँजीगत लाभकार चालु आर्थिक वर्षको साउनको तुलनामा ३९ प्रतिशतले कम हो । साउन महिनामा ४ अर्ब २३ करोड ५३ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो ।

एक महिनाको अवधिमा व्यक्तिगत दीर्घकालीन पूँजीगत लाभकर ७३ करोड ३९ लाख रुपैयाँ संकलन भएको छ भने व्यक्तिगत अल्पकालीन पूँजीगत लाभकर १ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ संकलन भएको छ । त्यस्तै, कर्पोरेट पूँजीगत लाभकर ३० करोड ४० लाख रुपैयाँ संकलन भएको छ भने स्टक डिलरको पूँजीगत लाभकर ३० लाख ३९ हजार रुपैयाँ संकलन भएको सीडीएससीले जनाएको छ ।

सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौमा कुल ६ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ ।

Source : https://arthasarokar.com/2024/09/share-market-400.html



Related Posts