हत्कडी लगाएर भागेका युवकसहित ३ जना पक्राउ

काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित भागेका युवक पक्राउ परेका छन्।

आइतबार साढे ४ बजे  अदालत परिसरबाटै भागेका सिरहा लहान नगरपालिका-४ का २८ वर्षीय संजिवकुमार यादव पुन पक्राउ परेका छन्।

उनलाई सोमबार बिहान साढे ९ बजे ललितपुर महालक्ष्मी नगरपालिका-३ सुजन चौधरीको घरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार  यादवलाई लुकाउन सहयोग गरेको आरोपमा सुजनसहित सप्तरी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने पंकज चौधरीलाई पनि पक्राउ गरिएको छ।

यादवलाई लागुऔषध खैरो हिरोइनसहित लागुऔषध ब्युरोले  शुक्रबार पक्राउ गरिएको हो। अदालतबाट फरार भएपछि परिसरको टोलीले खोजेको उनले जानकारी दिए।

प्रहरीले उनीहरूको साथबाट एक थान हतकडी, हतकडी काट्ने औजार र ५ थान मोबाइल बरामद गरेको छ।

The post हत्कडी लगाएर भागेका युवकसहित ३ जना पक्राउ appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/09/23/99027/