भारतको नयाँ दिल्लीमा आतिशबाजी गर्न नपाइने,वायु प्रदूषण नियन्त्रण हुने विश्वास

भारतले सङ्घीय राजधानी नयाँ दिल्लीमा आतिशबाजी गर्न पूर्ण प्रतिबन्ध गर्ने भएको छ । वायु प्रदूषण नियन्त्रण गर्न भन्दै भारतीय प्रशासनले लगाएको प्रतिबन्ध नजिकिएको दीपावलीमा पटाका पड्काउन यसअघि लगाइएका प्रतिबन्धको श्रृङ्खलामध्येको कडा आदेश हो । दिल्ली प्रदूषण नियन्त्रण समितिले विज्ञप्ति निकालेर सबै प्रकारका पटाका पड्काउन, उत्पादन, भण्डारण र बिक्री गर्न पूर्ण प्रतिबन्ध लगाइने उल्लेख छ । समितिले  यो निर्देशन उच्च वायु प्रदूषण नियन्त्रण गर्न सार्वजनिक हितलाई ध्यानमा राख्दै गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । झण्डै ३ करोड जनसङ्ख्या रहेको न...

Source : https://ujyaaloonline.com/story/107792/2024/10/15/fireworks-are-not-allowed-in-new-delhi-india