भारतले पहिलो टी–ट्वान्टीमा घरेलु टोली दक्षिण अफ्रिकालाई ६१ रनले हरायो
काठमाण्डौ – भारतले पहिलो टी–ट्वान्टीमा घरेलु टोली दक्षिण अफ्रिकालाई ६१ रनले पराजित गरेको छ । भारतले दिएको दुई सय ३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७ ओभर ५ बलमा अल आउट हुँदै एक सय ४१ रनमात्रै बनायो । दक्षिण अफ्रिकाका हेनरिक केल्सेनले सबैभन्दा धेरै २५ रन बनाए । भारतका वरुण चक्रवर्ती र रवि बिश्नोईले समान ३–३ विकेट लिए । त्यसअघि दक्षिण अफ्रिकाको डर्बनमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर दुई सय २ रन बनाएको थियो । भारतका लागि ओपनर सन्जु साम्सनले एक सय ७ रन बनाए ...
Source : https://ujyaaloonline.com/story/108632/2024/11/9/india-beat-home-team-south-africa-by-61-runs-t20i-