मंगलबार ४६.६९ अंकले बढ्यो नेप्से परिसूचक, ६ अर्बमाथिको सेयर कारोबार
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक ४६.६९ अंकले बढेर २६९२.०५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १९ कम्पनीको एक करोड ३३ लाख ७३ हजार ४ सय ८१ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्बमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार समृद्धि फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको २४ करोड ७१ लाख ५९ हजार ३ सय ६३ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।
त्यस्तै, मंगलबारको बजारमा सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज सप्तकोशी डेभलपमेन्ट बैंक सहित तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।