नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले अवैध आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेनाको प्रयोग गर्ने घोषणा गर्नुभएको छ । उहाँले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गरि सेना प्रयोग गरेर भए पनि आप्रवासीलाई देश निकाला गर्ने योजना बनाएको बताउनुभएको हो । वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकालमा गैरकानुनी रूपमा आप्रवासीको सङ्ख्या बढेपछि त्यस्ता लाखौँ आप्रवासीलाई देश निकाला गर्ने र मेक्सिकोसँगको सीमालाई व्यवस्थित बनाउने ट्रम्पको योजना रहेको समाचार संस्था एएफपीले जनाएको छ । यही नोभेम्बर ५ मा डेमोक्रेटिक ...
Source : https://ujyaaloonline.com/story/108992/2024/11/19/trump-to-use-military-to-deport-illegal-immigrants