मतदातालाई पैसा बाँढ्ने अमेरिकी खर्बपति एलन मस्कको योजनामाथि अदालतमा सुनुवाइ हुँदै
मतदातालाई १० लाख डलर पुरस्कार दिने अमेरिकी खर्बपति एलन मस्कको योजनामाथि आज अदालतमा सुनुवाइ हुँदैछ । मस्कले पेनसिल्वेनियामा दर्ता भएका मतदातालाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेपछि त्यसको विरुद्धमा अदालतमा मुद्दा परेको हो । पेनसिल्वेनियाका एक न्यायाधीशले तत्काल एक सुनवाइमा उपस्थित हुन मस्कलाई आदेश दिनुभएको बीबीसीले जनाएको छ । जिल्ला न्यायाधिवक्ता लैरी क्रासनरले मस्क र उनको राजनीतिक समूह अमेरिकन पीएसीविरुद्ध मुद्दा दायर गर्नुभएको हो । लैरी क्रासनरले पेनसिल्वेनियाका न्यायाधीशसमक्ष गएको शुक्रवारदेखि यही बिहीवारसम्म म...
Source : https://ujyaaloonline.com/story/108365/2024/10/31/us-billionaire-musk-plan-is-being-heard-in-court-