मधेशको खस्कदो शिक्षाप्रति पूर्वराष्ट्रपति यादव चिन्तित

पूर्वराष्ट्रपति डा. रामवरण यादवले मधेशमा शिक्षाको स्तर खस्किएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

जनकपुरधाममा सोमबार पूर्वराष्ट्रपति यादवले अब सबै मिलेर यहाँको शिक्षालाई दरिलो बनाउनुपर्ने पनि उनको सुझाए । राजर्षि विश्वविद्यालयको सातौँ स्थापना दिवसका अवसमा सोमबार आयोजित कार्यक्रमको बोल्दै पूर्वराष्ट्रपति यादवले मधेशको शिक्षालाई उकास्नका लागि यस विश्वविद्यालयले प्रभावकारी भूमिका खेल्नु पर्ने औल्याए ।

पूर्वराष्ट्रपति यादवले भने, ‘कस्तो विडम्बना छ ! हामी अझै २०२८ सालकै ऐनमाथि टेकेर शिक्षा क्षेत्रमा लागेका हौँ,’ उनले अघि थप्दैँ भने, ‘देश र समाज बिगार्नु छ भने त्यहाँको शिक्षा खत्तम पार्नु भन्थ्यो । हो जस्तै लाग्छ ।’ त्यस्तै जनकपुरधामस्थित मुख्यालय रहेको राजर्षि जनक विश्वविद्यालयले कांग्रेस नेता विमलेन्द्र निधि, लोसपा अध्यक्ष महन्थ ठाकुर र कांग्रेसका प्रदेशसभा सांसद रामसरोज यादवलाई सम्मान गरेको छ ।

जनकपुरधाममा आयोजित कार्यक्रममा विश्वविद्यालय स्थापनामा योग्दान पु¥याएको भन्दै उनीहरूलाई सम्मान गरिएको छ । राजर्षि विश्वविद्यालयको सातौँ स्थापना दिवसमा आयोजित कार्यक्रममा पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका नेता निधि, ठाकुर र यादवलाई पूर्वराष्ट्रपति यादवले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरे । उनले भने, ‘प्रतिनिधि सभामा राजर्षि विश्वविद्यालयको कानुन ल्याउन निधि र ठाकुरजीको ठूलो योग्दान छ, हामीले त पुस मात्र गरेको छ । सबै योग्दानको भागिदार उहाँहरू नै हो ।’ उनले धेरै मिहिनेत र संघर्षपछि स्थापना भएको राजर्षि विश्वविद्यालयलाई आफ्नै भवन बनाउनका लागि सहयोग गर्न तयार रहेको बताए ।

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले राजर्षि विश्वविद्यालय स्थापनापछि यसले मिथिलाको संस्कृति, भाषा र पेन्टिङको संरक्षण गर्नुपर्ने बताए । राजर्षि जनक विश्वविद्यालय २०७४ कार्तिक १२ गते स्थापना गरिएको थियो । स्थापना दिवसमा पूर्वाञ्चल विश्वविद्यालयका उप– कुलपति बिजुकुमार थपलिया, त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त प्रोफेसर विनयकुमार कुरियतले कि–नोट भाषण गरेका थिए ।

The post मधेशको खस्कदो शिक्षाप्रति पूर्वराष्ट्रपति यादव चिन्तित appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/29/100449/