यसवर्ष भाइमसलाको भाउ झण्डै ३० प्रतिशतले बढ्यो

काठमाण्डौ – यसवर्ष तिहारमा भाइमसलाको भाउ झण्डै ३० प्रतिशतले बढेको छ । काठमाण्डौको असनमा वर्षौँदेखि भाइमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरुले गएको वर्ष भन्दा यसवर्ष भाइमसलाको मूल्य बढेको बताएका हुन् । भाइमसलाको पुस्तौनी व्यापार गर्दै आएका व्यापारी सजीव बज्राचार्यले यही असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले पनि यसवर्ष भाइमसलाको भाउ झण्डै ३० प्रतिशतले बढ्न गएको बताउनु भयो । मूल्य बढेकाले यसपटक भाइमसला किन्नेहरुले पनि थोरै सामानहरु खरिद गर्ने गरेको पाइएको छ । ग्राहकहरुले पनि यसवर्ष ...

Source : https://ujyaaloonline.com/story/108388/2024/11/1/spice-prices-increase-by-almost-30-percent-