रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । प्रहरीले २५ दिन म्याद थपको आदेश मागे पनि न्यायाधीश चन्द्रकान्त पौडेलले १० दिन थुनामा राख्न अनुमति दिनुभएको हो । सहकारी ठगी र सङ्गठित अपराधको कसूरमा अनुसन्धानका लागि हिरासतमा रहेका सभापति रवि लामिछानेलाई प्रहरीले आज दोस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । कास्कीको सूर्यदर्शन सहकारीको रकम हिनामिनाको आरोपमा प्रहरीले यही कात्तिकको २ गते रवि लामिछानेलाई काठ...

Source : https://ujyaaloonline.com/story/108505/2024/11/5/permission-to-detain-ravi-for-10-more-days