राष्ट्र बैंकको रिपोर्ट : मूल्यवृद्धि घट्याे
काठमाण्डाै – गएको असोज महिनामा मुल्यवृद्धि घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशन गरेको रिपोर्टअनुसार असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति साढे ७ प्रतिशत रहेको थियो । यस्तै असोजमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७ दशमलव १८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको असोजमा खाद्य र पेय पदार्थको मुद्रास्फीति ८ दशमलव ४८ प्रतिशत र ...
Source : https://ujyaaloonline.com/story/109009/2024/11/19/nrb-report-inflation-reduced-is-asoj