लामो दूरीको मिसाइलबाट रुसमा आक्रमण गर्न युक्रेनलाई अमेरिकाकाे अनुमति

अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसको भित्री भूमिमा आक्रमण गर्न युक्रेनलाई अनुमति दिनुभएको छ । कार्यकाल सकिन दुई महिना मात्र बाँकी रहेको र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्ने बताइरहेका बेला बाइडेनले युक्रेनलाई आक्रमणको अनुमति दिनुभएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार यसअघि प्रयोग गर्न बन्देज गरिएका लामो दूरीका मिसाइल रुसी भूमिमा हान्न बाइडेनले अनुमति दिनुभएको हो । १० हजारभन्दा धेरै उत्तर कोरियाली सेना रुसमा पुगेको जानकारी सार्वजनिक भएपछि अमेरिकाले यस्तो निर्णय गरेको हो । यसअघि हिजो रुसले युक्र...

Source : https://ujyaaloonline.com/story/108963/2024/11/18/us-france-uk-give-ukraine-permission-to-attack-rus