वायु प्रदूषण : पाकिस्तानको लाहोर र मुल्तानमा लकडाउन, मुख्यमन्त्री उपचारका लागि युरोपमा
वायु प्रदूषण अति घातक अवस्थामा पुगेपछि पाकिस्तानको पञ्जाब सरकारले लाहोर र मुल्तान शहरमा स्वास्थ्य आपत्काल घोषणा गरेको छ । हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई हजारभन्दा माथि पुगेपछि प्रान्तीय सरकारले दुई वटा शहरमा स्वास्थ्य आपत्कालसहित पर्सि शुक्रवारदेखि तीन दिनका लागि लकडाउन घोषणा गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । प्रान्तीय सरकारले तीन दिनका लागि विद्यालय, कार्यालय, पसल व्यवसाय बन्द गर्नुका साथै डिजेल र पेट्रोलबाट चल्ने सबै गाडी सञ्चालनमा रोक लगाएको हो । यदि अवस्था सुधार नभएमा आउँदो ब...
Source : https://ujyaaloonline.com/story/109017/2024/11/19/lockdown-in-pakistan-lahore-and-multan