विद्यालयमा बालमैत्री धारा

दैलेख । डुङ्गेश्वर गाउँपालिका–६स्थित सरस्वती माध्यमिक विद्यालयमा ओइरीमा बालमैत्री धारा निर्माण गरिएको छ । डुङ्गेश्वर गाउँपालिका, एभरेष्ट क्लब दैलेख र एसएनभी नेपालको साझेदारीमा बालमैत्री बालमैत्री धारा निर्माण गरिएको हो ।

विद्यालयमा अध्यापनरत विद्यार्थीले सहज पानी पिउन भन्ने उद्देश्यका साथ सो कार्य गरिएको एभेष्ट क्लबका फिल्ड सुपरभाइजर दिलिप कुमार खड्काले बताए।उनले सरस्वती माध्यमिक विद्यालयमा बालमैत्रीपूर्ण खानेपानी धारा निर्माण गरिएको जानकारी दिए । डुङ्गेश्वर गाउँपालिका–६स्थितसरस्वती माध्यमिकविद्यालयमा १४वटा धारा निर्माण गरि बालमैत्री खानेपानि सेवा दिएको त्यसैगरी डुङ्गेश्वर गाँउपालिका वडा नं– ६तल्लो गोठपाडा टोलमा१७वटा धारा निर्माण गरि बालमैत्री खानेपानीको पहुँच पुर्याएको उनको भनाई छ ।

उक्त धाराहरु २६ लाखलागतमा डुङ्गेश्वर गाउँपालिका,एभरेष्ट क्लब दैलेख र एसएनभी नेपालको आर्थिकसहयोग तथाश्रमदान निमार्ण गरिएकोउनले जानकारी दिए ।

बालमैत्री धारा बनेपछि बालबालिकालाई पानी पिउन सहज भएको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकेन्द्र बहादुर आलेले बताए । उनले बालमैत्रि धारा निर्माण प्रती आफु अत्यान्तै खुशी हुनुका साथै आगामी दिनहरुमा संस्था प्रती आशा अपेक्षा गरिएको बताए । बालमैत्री संरचनाले विद्यालयमा सिकाइ सहजता र विद्यार्थीको उपस्थितिमा वृद्धि भई गुणस्तरमा समेत टेवा पुग्ने गरेका कारण नयाँ संरचना बनाउँदा बालमैत्री संरचनामा जोड दिइने उनको भनाई छ ।

बालमैत्री धारा बनेपछि विद्यालयमा बालबालिका उत्साहित भएको एसएनभी नेपालका अनुसन्धान अधिकुत हेमन पनेरुले जानकारी दिइन् ।उनले बालमैत्री धारा निर्माण भएपछि विद्यार्थीलाई सरसफाइ गर्न सहज हुने उनको भनाई छ ।

साथै विद्यालयमा अध्यनरत बालबालीका सहजरूपमा पानी खान पाउँदा हर्सित छन।्

The post विद्यालयमा बालमैत्री धारा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95293/