शुक्रबार चार सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४०० रुपैयाँले बढेर एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला १९८० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३८ हजार २ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६९७.५० रुपैयाँ कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।
Source : https://arthasarokar.com/2024/10/goldsilver-619.html