शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुल्ला
कञ्चनपुर – महेन्द्रनगरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला गरेको छ । गएको असारमा आएको बाढीका कारण पर्यटक पथमा क्षति पुगेका कारण यस वर्ष ढिलो गरी पर्यटकका लागि निकुञ्ज खुला गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिनुभयो । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफल रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाका लागि प्रख्यात छ । निकुञ्जको विशाल घाँसेमैदानमा दुई हजार बढी बाह्रसिङ्गाको झुन्ड देख्न पाइन्छ । त्यसैगरी निकुञ्ज पाटेबाघका लागि पनि प्रख्यात छ ...
Source : https://ujyaaloonline.com/story/108091/2024/10/23/jungle-safari-open-in-shuklaphanta-national-park