श्रीलङ्कामा वामपन्थी नेता दिसानायके राष्ट्रपति बन्ने सम्भावना बलियो

श्रीलङ्कामा वामपन्थी नेता अनुरा दिसानायके राष्ट्रपति बन्ने सम्भावना बलियो बनेको छ । राष्ट्रपति चुन्न भएको मतदानको मतगणनामा अहिलेका राष्ट्रपति रनिल विक्रमासिंघेलाई वामपन्थी नेता दिसानायकेले उछिन्नुभएको छ । श्रीलङ्कामा १० औं राष्ट्रपति चयन गर्न हिजो मतदान भएको थियो । एक करोड ७० लाख मतदातामध्ये झन्डै ७५ प्रतिशतले मत खसालेका थिए । पछिल्लो मतपरिणाम अनुसार दिसानायकेले ४२ प्रतिशत मत प्राप्त गर्नुभएको छ । दिसानायके नेशनल पीपुल्स पावर (एनपीपी) गठबन्धनका उमेद्वार हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी साजिश प्रेमदासा दोस्रो र विक्रमासिंघे तेस्र...

Source : https://ujyaaloonline.com/story/106895/2024/9/22/leftist-leader-dissanayake-likely-become-president