संसदीय छानबिन समिति हाम्रो ‘बटमलाइन’ : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणको पारदर्शी अनुसन्धानका लागि संसदीय छानबिन समितिको माग पुनः दाहोर्‍याउने निर्णय गरेको छ।

शुक्रबार बिहान बसेको कांग्रेस कार्यसमिति तथा संसदीय दलको बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता थप पुष्टि भएको दाबीसहित संसदीय छाबिन समितिलाई ‘बटमलाइन’ बनाउने निर्णय गरेकाे प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

उनले सरकारले गैरजिम्मेवार र सहकारी ठगी प्रकरण जोगाउन राज्यको संयन्त्रकै दुरुपयोग गरेको आरोप लगाए।

संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ। प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो २ बजे बस्दै छ। अधिवेशनको प्रारम्भमा दुवै सदनमा दलका शीर्ष नेताले सम्बाेधन छन्।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री लामिछानेलाई रास्वपा सभापतिकाे हैसियतमा बाेल्न दिने निर्णय गरेकाे छ।

The post संसदीय छानबिन समिति हाम्रो ‘बटमलाइन’ : कांग्रेस first appeared on Outline News Service.

Source : https://outlinekhabar.com/old/sansadiya-chanbin-samiti/?utm_source=rss&utm_medium=rss&utm_campaign=sansadiya-chanbin-samiti