सगरमाथामा भेटिएको बुटमाथि फिल्म बन्ने
काठमाडौं ।
केही दिनअघि सगरमाथा क्षेत्रमा एक बुट र काटिएको मानव खुट्टा फेला पर्यो। सय वर्षअघि सोही क्षेत्रमा सगरमाथा चढ्ने क्रममा हराएका बेलायती पर्वतारोही ग एन्ड्रयू कोमिन ‘स्यान्डी’ को नाम अंकित सो बुट भेटिएपछि संसारभरका सञ्चारमाध्यमको ध्यान सो बुटमा गयो। नेसनल जिओग्राफिकका लागि वृत्तचित्र बनाउन त्यहाँ पुगेको पर्वतारोहीको समूहले हिमनदीको बरफ पग्लिँदा बाहिर निस्किएको सो बुट फेला पारेको थियो। अब सो बुटमाथि फिल्म बनाउने घोषणा गरिएको छ।
स्क्रिन डेलीका अनुसार ओस्कर अवार्ड विजेता तथा निर्मात्री एलिजाबेथ चाई वासारहेली र उनका पति जिम्मी चीनले फिल्म बनाउने भएका हुन्। सन् १९२४ मा आफ्ना साथी जर्ज म्यालोरीसँग सगरमाथा चढ्न गएका उनी उतै बिलिन भएका थिए।
गतमहिना सय वर्षपछि भेटिएको सो बुटको रहस्य र यसको चर्चा बढेसँगै जर्ज म्यालोरी र स्यान्डी इर्विनको उक्त आरोहणबारे फिल्म बन्ने घोषणा गरिएको हो। सय वर्षसम्म पनि सुरक्षित अवस्थामा रहेको सो बुट भेटिएपछि इरविनको साथमा भएको कोडाक क्यामेरा पनि भेटिने आशा जागेको छ। यदि सो क्यामेरा भेटिए उनले सगरमाथाको सफल आरोहण गरेको या नगरेको भन्ने तथ्य सार्वजनिक हुनेछ भने वर्षौदेखि सगरमाथामा लुकेको रहस्य खुल्नेछ।
रोचक कुरा के भने एडमन्ड हिलारी र तेन्जिङनोर्गे शिखरमा पुग्नुभन्दा २९ वर्षअघि म्यालोरी र अभिनले सगरमाथाको आरोहण गरे कि भन्ने आशंका मेटिने थियो। यदि सो क्यामेरा भेटिएको खण्डमा सगरमाथासम्बन्धी इतिहास नै फेरिइनेछ।