सञ्चालनमा आएको दुई महिना पनि नबित्दै बिग्रियो धरहराको लिफ्ट, धरहरा अनिश्चितकालका लागि बन्द !
काठमाडौँ । धरहराको लिफ्ट बिग्रिएको छ । काठमाडौँको सुनधारास्थित धरहरा सञ्चालनमा आएको दुई महिना नबित्दै लिफ्ट बिग्रिएको हो ।
लिफ्ट बिग्रिएपछि धरहरा अनिश्चितकालका लागि बन्द गरिएको सहकारी विकास भवन निर्माण विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरले जानकारी दिएका छन् ।
उनका अनुसार लिफ्ट मर्मत कार्यका लागि धरहरा बन्द गरिएको हो । बिग्रिएको लिफ्ट मर्मत नहुन्जेलसम्मका लागि धरहरा बन्द नै रहने तुलाधरले बताएका छन् । २०७२ सालको महाभूकम्पपछि ढलेको धरहरा पुननिर्माण गरेर ६ वर्षपछि सर्वसाधारणका लागि खुला गरिएको थियो ।
तर, धरहरा सञ्चालनमा आएको दुई महिना पनि नबित्दै लिफ्ट बिग्रिएपछि धरहरा पुनः अनिश्चितकालका लागि बन्द भएको छ । धरहरा बन्द भएपछि धरहरा घुम्न र चढ्न पुगेकाहरु त्यसै फर्किन बाध्य भएका छन् ।