सहकारीको रकम अपचलन प्रकरण : रास्वपा सभापति लामिछानेको बयान आज पनि रुपन्देहीमा

काठमाण्डौ – सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान रुपन्देहीमा आज पनि लिइने भएको छ । हिजो बयान नसकिएकाले आज पनि उनको बयान लिन लागिएको हो । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई बयानका लागि हिजो कास्कीबाट रुपन्देही लगिएको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई बयान सकिएपछि मात्रै कास्की पठाइने रुपन्देही प्रहरीले जनाएको छ । हिजो बेलुकासम्मै सरकारी वकि...

Source : https://ujyaaloonline.com/story/108794/2024/11/13/rsp-president-rabi-statement-in-rupandehi-today-