साइबरमार्फत वित्तीय ठगी - १९ देखि २४ वर्ष उमेर समूहका युवा विद्यार्थी धेरै संलग्न
काठमाण्डाै – नेपाल राष्ट्र बैंकले साइबर प्रविधिमा आधारित वित्तीय ठगी डरलाग्दो गरेर बढिरहेको जनाएको छ । साइबर प्रविधिमा आधारित ठगीबारेको अध्ययन प्रतिवेदन सरकारलाई बुझाउँदै राष्ट्र बैंकले यस्ता ठगी बढिरहेको जनाएको हो ।प्रतिवेदनमा ठगीमा सामाजिक सञ्जाल र भुक्तानी प्रणालीमा रहेका विशेषताको दुरुपयोगको विषयमा समेत विश्लेषण गरिएको राष्ट्र बैंकले जनाएको छ । प्रतिवेदनमा सन् २०२४ को पहिलो पाँच महिनामा प्राप्त भएका साइबर अपराधसम्बन्धी शङ्कास्पद कारोबार विवरणको विस्तृत विश्लेषण समावेश छ । विश्लेषणबाट शङ्कास्पद कारोबारमा १९/२४ वर्ष ...
Source : https://ujyaaloonline.com/samachar/108940/2024/11/17/financial-fraud-through-cyber-young-students