आजदेख निजी विद्यालयहरु अनिश्चितकालका लागि बन्द

जनकपुरधाम उपमहानगरपालिकामा सम्पूर्ण निजी विद्यालयहरु सोमबारदेखि अनिश्चितकालका लागि बन्द रहने भएको छ ।

निजी विद्यालयका संगठनहरुले संयुक्तरुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै सोमबारदेखि अनिश्चितकालका लागि संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । हिसान, प्याबसन तथा एनप्याबसनले संयुक्त विज्ञप्ति जारी गर्दै कक्षा ११ र कक्षा १२ मा अध्ययनरत्त विद्यार्थीहरुको हकमा जनकपुरधाम उपमहानगर र नेपाल विद्यार्थी संघबीच भएको सम्झौता सच्याउन आग्रह गरिए पनि बेवास्ता गरेको भन्दै आजदेखि संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

संयुक्त रुपमा जारी गरिएको सो विज्ञप्तिमा भनिएको छ ‘जनकपुरधाम नगर भित्र सञ्चालित संस्थागत विद्यालयहरुमा ‘छात्रवृत्ति वितरण व्यवस्थापन समिति’ मिति २०८१्०५्१३ गतेको निर्णयानुसार छात्रवृत्ति वितरण व्यवस्थापन कार्यविधि २०७४ बमोजिम छात्रवृत्तिमा छनोट विद्यार्थीहरुलाई कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनका लागि मिति २०८१्०५्१४ गतेमा हिसान धनुषा आवद्ध संस्थागत विद्यालयहरुमा पत्राचार गरेको र कार्यविधि २०७४ को ५.२ (ङ) बमोजिम सिफारिस भएको विद्यार्थीहरुबाट भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन सक्ने व्यवस्था रहेको र सोही अनुसार गर्दै आए पनि पून २०८१्०७्१४ गते फरक किसिमको निर्णय भई आएको हुँदा सो शुल्कमा पढाउन नसकिने भएकाले यसलाई सच्याउन उपमहानगरलाई पत्रमार्फत आग्रह गरिएको थियो ।’

जनकपुरधाम उपमहानगरपालिकाले पत्रअनुसार केही पहल नगरेकाले सम्पूर्ण निजी विद्यालयहरु मंसिर ३ गतेदेखि अनिश्चितकालका लागि बन्द गर्न बाध्य भएका छौँ जारी गरिएको सो विज्ञप्तिमा जनाएको छ । केही दिन अघि हिसान, प्याबसन तथा एनप्याबसनले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै जनकपुरधाम उपमहानगरपालिकाले विद्यालय भर्ना शुल्क निर्धारणसम्बन्धी गरेको निर्णयप्रति आपत्ति जनाउँदै फिर्ता लिन चेतावनीसमेत दिएको थियो ।

जनकपुरधाम उपमहानगरपालिकाले छात्रवृत्ति वितरणमा मनोमानी गर्दै आएकोले छात्रवृत्ति वितरण व्यवस्थापन समिति गठनको माग गरेको प्याबसन जनकपुरधामका अध्यक्ष दीपक ठाकुरले बताए ।

The post आजदेख निजी विद्यालयहरु अनिश्चितकालका लागि बन्द appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/11/18/101289/