साना तथा मझौला कम्पनीलाई पनि आईपीओ जारी गर्न दिने सरकारको तयारी

काठमाण्डौ – सरकारले साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली २०८१ ल्याउने भएको छ । अर्थ मन्त्रालयले स्वीकृत गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाएको नियमावली मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि कार्यान्वयनमा आउने छ । अर्थतन्त्रमा विशेष योगदान दिँदै आएका साना तथा मझौला कम्पनीलाई प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमति दिन सकिने गरी नयाँ व्यवस्था प्रस्ताव गरिएको अर्थ मन्त्रालयले जनाएको छ । नियमावली कार्यान्वयनमा आएसँगै साना तथा मझौला सङ्गठित संस्थाले प्रिमियममा धितोपत्र निष्कासन...

Source : https://ujyaaloonline.com/story/108965/2024/11/18/small-medium-sized-companies-will-also-allowed-ipo