सीमापारि बजारमा नेपाली ग्राहक भारु १ सयको १ सय ६६ रुपैयाँ तिर्न बाध्य
महोत्तरी – तिहार र छठका लागि महोत्तरीको सीमापारि बजारमा सामान ल्याउन जाने नेपाली ग्राहकले एक सय भारुको लागि एक सय ६६ रुपैयाँ तिर्दै आएका छन् । भारतीय एक सयको एक सय ६० रुपैयाँमा कारोबार हुने गर्छ । तर नेपाली ग्राहकसँग भारतीय रुपैयाँ नभएको अवस्थामा भारतीय बजारमा मालवस्तु खरिद गर्दा सयकडा छ रुपैयाँ बट्टा (कमिशन) तिर्नुपरेको जलेश्वर नगरपालिका–२ का ग्राहक सुदीश साहले बताउनुभयो । महोत्तरीसँग सीमा जोडिएको भारतीय बजार भिठ्ठामोड, सुरसण्ड, मधवापुर, साहरघाटका बजारमा यतिबेला नेपाली ग्राहक किनमेल गर्न पुग्ने गर्...
Source : https://ujyaaloonline.com/story/108383/2024/11/1/nepali-customers-forced-to-pay--166-out-of-100