स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
स्पेनको एक हेरचाह गृहमा आगलागी हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ । उत्तर–पूर्वी स्पेनको जरागोजा नजिकैको एक हेरचाह गृहमा भएको आगलागीमा परी १० जनाको ज्यान गएको र अन्य केही मानिस घाइते भएका आपत्कालीन सेवाहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आगलागीमा परी घाइते भएकाहरूको सङ्ख्या भने उल्लेख भएको छैन । भिल्लाफ्रान्का डे एब्रो शहरमा शुक्रवार बिहान आगलागी भएको र स्थानीय अधिकारीहरूले हेरचाह गृहमा ८२ जना मानिस बस्दै आएका बताएका छन् । स्थानीय रिपोर्टहरूका अनुसार यो केन्द्र १६ वर्षअघि सेवानिवृत्ति गृहका रूपमा खोलिएक...
Source : https://ujyaaloonline.com/story/108884/2024/11/15/ten-dead-in-fire-at-spanish-care-home