हमास लडाकू समूहले बन्धक बनाएकामध्ये ६४ जनाको अवस्था अझै थाहा हुन सकेन

हमास लडाकू समूहले इजरायलमा आक्रमण गर्दा बन्धक बनाएकामध्ये ६४ जनाको अवस्था अझै थाहा हुन सकेको छैन । इजरायलमा आक्रमण शुरू गर्दा हमास लडाकूले दुई सय ५१ जनालाई गाजा पट्टीमा लगेका थिए । आक्रमणको एक वर्षपछि पनि दुई बालबालिकासहित ५२ पुरुष र १० महिलागरी ६४ जना अझै बन्धक छन् । उनीहरू जीवित नै रहेको हुन सक्ने इजरायलको विश्वास रहेको समाचार संस्था एएफपीले जनाएको छ । गाजा पट्टीमा प्यालेस्टिनी लडाकू समूहका लागि ती बन्धकहरू इजरायलसँग युद्धविराम वार्ता गर्न र इजरायली जेलमा थुनिएका प्यालेस्टिनी कैदीको रिहाइ गर्न माध्यमका रुपमा र...

Source : https://ujyaaloonline.com/story/107441/2024/10/4/condition-of-the-64-hostages-is-still-unknown-