हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष सुबेदी सर्वसमत

बिराटनगर । मोरङको सुन्दरहरैँचा – १० खोर्सानेले मा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभाले आगामी ४ बर्षे कार्यकालको लागि हेमराज सुबेदीलाई अध्यक्षमा सर्वसमत निर्वाचित गरेको छ।

इन्द्रपुर जेसिस भवनमा भएको बार्षिक साधारण सभाले १३ जनाकाे नयाँ कार्य समिति सर्वसमत निर्वाचित भएका छन्। संस्थाकाे उपाध्यक्षमा मिनप्रसाद लिम्बू सचिव गुरुप्रसाद अधिकारी,सहसचिवमा विन्दा दाहाल थापा निर्वाचित गरेको निर्वाचन समितिका संयोजक बलराम पोखरेलले जानकारी दिए।

संयोजक पोखरेलका अनुसार सदस्यहरूमा अर्जुनकुमार कार्की, टिकाप्रसाद सुबेदी,नगेन्द्रकुमार मास्के, यज्ञप्रसाद ढेकाल (राम),हरिबहादुर कार्की, कमला गुरुङ, कुशुम बराल कँडेल ,मन्दिरा थापा,रञ्जु सुबेदी चयन भएको बताए।

यस्तै, लेखा समिति संयाेजकमा देबीबहादुर कार्की,सदस्य लोकबहादुर श्रेष्ठ र कविता दाहाल निर्वाचित भएको निर्वाचन समितिका सदस्य राजेन्द्र प्रसाद ढकालले बताए। नव निर्वाचित अध्यक्षसहित पदाधिकारीहरूलाई निर्वाचन संयोजक पोखरेलले पद तथा गाेपनियताकाे सपथ ग्रहण गराउदै प्रमाणपत्र दिएका थिए।

हातेमालो सहकारी संस्थाका अध्यक्ष अर्जुन वस्नेतको अध्यक्षतामा भएको कार्यक्रमा प्रमुख अथिति सुन्दरहरैंचा नगर प्रमुख नगर प्रमुख केदारप्रसाद गुरागाई रहेका थिए । कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष वस्नेतले राज्यको तीन खम्बे अर्थ नीति अन्तर्गत एउटा महत्वपूर्ण खम्बाको रुपमा सहकारी रहेको बताउदै हातेमालो संस्था बहुउद्देश्यीय सहकारी भएकाले बचत तथा ऋणको बित्तिय कारोबार साथै कृषि,उद्योग,व्यापार,व्यवसाय लगायतका बहुउद्देश्यीयकारोबार संचालन गर्दै आएको बताए।

संस्थाको बित्तिय स्वास्थ्य मात्र सवल भएर नपुग्ने भन्दै उनले सेयर सदस्यहरुको स्वास्थ्य पनि सवल हुनुपर्छ भन्ने मान्यता अन्तर्गत मिसावट रहित खाद्यान्न उत्पादन गरी बिक्रि वितरण गर्ने सेयर सदस्यहरु तथा स्थानीय उपभोक्ताहरुको घर खेतमा नै गएर लगु उद्योगलाई कच्चा पदार्थहरु सुपथ मूल्यमा खरिद गर्ने उदेस्य रहेको बताए। अहिले संस्थाले शुद्ध तोरीको तेल,बेसारको धुलो,मिसावट रहित कालो नुनिया र बास्मती चामल आफ्नै लगु उद्योगबाट उत्पादन गरी बिक्रि वितरण गरिरहेको बताए।

यो बर्ष देखि शुद्ध मकैको पिठो उत्पादन गरी बिक्रि वितरण गर्ने तयारी गरिएको समेत उनले बताए। २२ औं साधारण सभाबाट ग्रीनकार्ड नीति तथा कार्यविधि निर्माण गरी आगामी बर्षबाट उत्कृष्ट ऋणी तथा बचतकर्ता सदस्यहरुलाई ग्रीनकार्डको व्यवस्था गरी बिशेष सुविधा समेत दिईने बताए।

विगत ३ बर्षको बचत तथा ऋणको नियमितताको आधारमा ग्रीन कार्डको व्यवस्था गरिने बताए। कार्यक्रम बोल्दै प्रमुख अथिति तथा नगर प्रमुख गुरागाईले देशमा केहि सहकारीका कारण बदनाम भइरहेको बेला हातेमालो सहकारीले भने उत्कृष्ट कार्य गरेको बताउदै सबै सेयर सदस्यहरुलाई आफूहरुले बचत गरेको सहकारीमा गएर समय-समयमा के कस्तो भइरहेको छ बुझ्न पनि आग्रह गरेका छन्।

हरेक सदस्यले आफूले बचत गरेको सहकारीमा गएर बुझ्ने अधिकारी रहेको बताए। उनले नवनिर्वाचित कार्य समितिलाई बधाई दिंदै आगमी कार्यकालको शुभकामना समेत दिएका थिए। कार्यक्रममा जेष्ठ सदस्य जेष्ट, नयाँ प्रवेशी सेयर सदस्य तथा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थिए।

संस्थाको २२ औं वार्षिक साधारण सभामा उपस्थित सेयर सदस्यहरु मध्येबाट चिठठा बिधि प्रयोग गरी २२ जनालाई उपहार प्रधान गरिएको संस्थाकी प्रवन्धक याेजना शर्मा ढकालले बताईन्।

The post हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष सुबेदी सर्वसमत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101827/