१० दिन ढिलो गरेर नेपालबाट मनसुन बाहिरियो
१० दिन ढिलो गरेर नेपालबाट मनसुन बाहिरिएको छ ।
साधारणतया अक्टोबरको २ तारिखमा नेपालबाट मनसुन बाहरिनेमा यसपटक १० दिन ढिलो गरेर मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि यही असोज २२ गते कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश तथा काठमाण्डौ उपत्यका र मधेश प्रदेशको पश्चिमी भूभागबाट मौसम बाहिरि सकेको थियो । त्यस्तै असोज २० गते सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै ठाउँ तथा लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका थोरै ठाउँबाट मनसुन बाहिरिसकेको थियो ।
आज बाग्मती, मधेश र कोशी प्रदेशबाट पनि मनसुन बाहिरिएको महाशाखाले बुलेटीनमा उल्लेख गरेको छ । यो वर्ष सामान्य समय भन्दा तीन दिनअघि अर्थात् जुन १० तारिखमा नेपालमा मनसुन भित्रिएको थियो ।
The post १० दिन ढिलो गरेर नेपालबाट मनसुन बाहिरियो appeared first on Janakpur Today.