१९ वर्षमुनिको नेपाली टोलीले कर्नाटकलाई १ सय २१ रनले हरायो

काठमाण्डाै – १९ वर्षमुनिको नेपाली क्रिकेट टोलीले भारतको कर्नाटकको १९ वर्षमुनिको टोलीलाई तेस्रो खेलमा १ सय २१ रनले हराएको छ । नेपाली युवा टोलीले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको कर्नाटकको टोली ४० ओभर २ बलमा १ सय ६१ रनमा अलआउट भयो । कर्नाटकका गगन रावले सबैभन्दा धेरै ४६ रन बनाए । नेपालका नरेन साउदले ४, युवराज खत्रीले ३ विकेट लिए । यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८२ रन बनायो । नेपालकातीन जना खेलाडीले अर्धशतक बनाए । रोशन बिकेले नटआउट ...

Source : https://ujyaaloonline.com/story/108939/2024/11/17/u-19-nepali-team-defeated-karnataka-by-121-runs