१९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा दोस्रो चरणमा २० जना खेलाडी

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको एशिया छनोटमा दोस्रो चरणमा २० जना खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विश्वकपको एशिया छनोटको तयारीका लागि दोस्रो चरणमा २० जना खेलाडीलाई छनोट गरेको हो । युवा महिला टोलीले दाङको लमही क्रिकेट मैदानमा तयारी गरिरहेको छ । १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटको एशिया छनोट यूएईमा हुँदैछ । तालिकाअनुसार नेपालले पहिलो खेलमा कात्तिक २१ गते थाइल्यान्डसँग, कात्तिक २२ गते कुवेतसँग, कात्तिक २४ गते यूएईसँग, कात्तिक २५...

Source : https://ujyaaloonline.com/story/107418/2024/10/4/2d-round-of-u-19-w-t-20-world-cup-asia-qualifiers