‘रुकुम मैकोट’ डेढ महिना देखि ग्लोबल ट्रेन्डिङमा, ५ करोडभन्दा बढी भ्यूज

काठमाडौँ – नेपाली फिल्म ‘खुस्मा’ मा समावेश लोकशैलीको गीत ‘रुकुम मैकोट’ युट्युवको ग्लोबल ट्रेन्डिङमा डेढ महिनादेखि लगातार स्थान बनाइरहेको छ। असोज ६ गतेदेखि सूचीमा रहेको यो गीत हाल ८३ औं स्थानमा छ। एसडी योगीले संगीतबद्ध गरेको यस गीतलाई अहिलेसम्म ५ करोडभन्दा बढी पटक हेरिएको छ र यसले झण्डै ९ हजार सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।

यो गीत टिकटक र रिल्समा पनि अत्यधिक लोकप्रिय छ। ‘रुकुम मैकोट’ असोजको पहिलो साता ग्लोबल ट्रेन्डिङमा ५९ औं स्थानमा थियो भने सुरुमा ७३ औं स्थानमा थियो। लोकलय र भावनात्मक शब्दका कारण यस गीतले दर्शकहरूको मन जित्न सफल भएको छ।

धीरज मगर र उपासनासिंह ठकुरी फिचर्ड यस गीतको भिडियोले विदेशी दर्शकहरूलाई समेत आकर्षित गरेको छ। यसअघि नेपाली गीत ‘कश्मिरे पछ्यौरी’ पनि दुई साता ग्लोबल ट्रेन्डिङमा रहेको थियो।

The post ‘रुकुम मैकोट’ डेढ महिना देखि ग्लोबल ट्रेन्डिङमा, ५ करोडभन्दा बढी भ्यूज appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/11/494818/