आइफोनले खिचेको नेपाली चलचित्र प्राइम भिडियोमा
काठमाडौं । काठमाडौंको ओस्कार कलेज अफ फिल्म स्टडिजबाट चलचित्र निर्देशन, लेखनमा स्नातक गरेका विधार्थीहरुले आइफोन्द्वारा खिचिर नयाँ चलचित्र ‘ए प्लेस अन्डर द सन’ निर्माण गरेका छन् । यो चलचित्र यतिबेला अन्तराष्ट्रिय प्लेटफर्ममा पुगेको छ ।
हालै काठमाडौंमा प्रिमियर गरिएको यो चलचित्रलाई विश्व चर्चित ओटिटी प्लेटफर्म अमेजन् प्राइम् भिडियोले किनेर सार्बजनिक गरेको छ । अमेजनको चलचित्र भिडियो सूचीमा यो चलचित्र पनि जोडिएको छ । नेपाली चलचित्र विरालै अमेजन प्राईम भिडियोमा छानिने गर्छन । आफुहरुको यो चलचित्र अमेजन प्राईम भिडियोमा छानिएकोमा यसको निर्माण पक्षले खुसी व्यक्त गरेको छ ।
बिहीबार सञ्चारकर्मीलाई आफ्नो चलचित्रको जानकारी दिँदै यसका निर्देशक जेसन लोप्चनले भने,‘ चलचित्रको प्रेमियर काठमाडौंमा गरेपछि सबैले यसको प्रसँसा गर्नु भयो र हामीलाई हौसला मिल्यो । त्यसपछि हामीले यसलाई अमेजन प्राईम भिडियोमा पठाएका हौं ।’अमेजनमा छनिएर त्यहाँबाट आफ्नो चलचित्र रिलिज हुँदै निखै खुसी लागेको पनि लोप्चनले बताए । चलचित्रलाई आईफोनबाट खिचिएको भए पनि फोर के गुणस्तरमा नै निर्माण गरिएकाले प्राईम अमेजन भिडियोको गुणस्तरमा यो चलचित्र रहेको पनि उनले जानकारी गराए ।
विधार्थीहरुले पनि आईफोनबाट राम्रो चलचित्र बनाउन सक्छन भन्नेकुरा आफुहरुको यो कामले प्रस्ट्याएको प्रतिक्रिया यतिबेला पाएको पनि निर्देशक लोप्चनले बताएका छन् । चलचित्र अमेजन प्राईमबाट रिलिज भएपछि यहाँका वितरकहरुले यो चलचित्रप्रति चासो देखाएको पनि निर्देशक लोप्चनले बताएका छन् ।
लोप्चनले नै लेखेको यो चलचित्रमा प्रबिन लिम्बुको छायाँकन रहेको छ । प्रविण व्यबसायिक छायाँकार भएकाले उनले चलचित्रलाई निकै राम्रोसँग खिचेका छन् । चलचित्र म सबै नव कलाकारहरु रहेको पनि उनीहरुले जानकारी गराए । यसैबीच बिहिबार नै यो चलचित्रको ट्रेलर ओएसआर डिजिटलबाट रिलिज गरिएको छ ।
The post आइफोनले खिचेको नेपाली चलचित्र प्राइम भिडियोमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104216/