आजदेखि संस्थागत विद्यालय खुल्ने
छात्रवृतिमा पनि रकम असुल्न पाउने माग लिएर आन्दोलनमा उत्रिएका संस्थागत विद्यालयका सञ्चालकहरुको संगठनले मंगलबारदेखि विद्यालय सञ्चालन गर्ने भएको छ ।
विद्यार्थी र जनकपुरधामका संस्थागत उच्चविद्यालयबीच देखिएको विवाद सर्वसपक्षीय छलफल पछि खोल्ने निष्कर्षमा बन्दकर्ता संगठनले निर्णय गरेको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको पहलमा भएको सर्वपक्षिय बैठकमा समस्या समाधानका लागि जनकपुरधाम उपमहानगरपालिकाले ३० दिनको समय निर्धारण गरेको छ ।
सोमबार भएको बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रतिनिधि, नेविसंघ, अनेरास्ववियू, हिसान, प्याबसन, एनप्याबसन, व्यापारी र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
जनकपुरधाम उपमहानगरपालिकाका निमित कार्यकारी अधिकृत धीरेन्द्रलाल कर्णले बैठकपछि मंगलवारदेखि जनकपुरधामको सम्पूर्ण विद्यालय खुल्ने जानकारी दिए । उनले ३० दिन भित्र छात्रावृत्तिलगायतका समस्याहरु समाधान हुने बताए । एक महिना भित्रै शिक्षामा देखिएका सबै सुधारका लागि कार्यविधि बनाइने समेत निर्णय भएको उनले बताए ।
The post आजदेखि संस्थागत विद्यालय खुल्ने appeared first on Janakpur Today.