उत्तर कोरियाद्वारा अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल परीक्षण
उत्तर कोरियाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल (आईसीएमबी) प्रक्षेपण गरेको छ । यसअघि गएको वर्ष प्रक्षेपण गरेको मिसाइल ७३ मिनेटसम्म उडेकोमा अहिले ८६ मिनेटसम्म आकासमै उडेको बीबीसीले जनाएको छ । यसले पाँच हजार किलोमिटरभन्दा लामो दूरीमा मार हान्न सक्छ । दक्षिण कोरियाले यसअघि नै उत्तरले अमेरिकामा नोभेम्बर ५ तारिखमा हुने राष्ट्रपति चुनावको नजिकै आफ्नो आईसीबीएम प्रक्षेपण गर्ने तयारी गरेको चेतावनी दिएको थियो । छिमेकी देश जापानले आज बिहानको प्रक्षेपणको अनुगमन गरेको र यो मिसाइल अहिलेसम्मकै सबैभन्दा उच्च उचाइमा पुगेको बताएको छ ...
Source : https://ujyaaloonline.com/story/108358/2024/10/31/intercontinental-ballistic-missile-test-northkorea