उद्योगमा लाइन नकाट्न प्राधिकरणलाई नियमन आयोगको निर्देशन
काठमाण्डौ – विद्युत नियमन आयोगले उद्योगमा लाइन नकाट्न नेपाल विद्युत प्राधिरकरणलाई निर्देशन दिएको छ । आयोगको हिजोको बैठकले प्राधिकरणलाई तत्काल लाइन नकाट्न निर्देशन दिएको हो । आयोगले मन्त्रिपरिषदको निर्णयअनुसार उद्योगीसँग असुल गर्न भनेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार ऊर्जा मन्त्रालयले प्राविधिक समिति बनाएको हुनाले तथ्य स्थापित नगरेसम्म काम कारबाही यथास्थितिमा राख्नको लागि पनि आयोगले प्राधिकरणलाई पत्राचार गरेको छ । पत्रमा उद्योगीले बढी शुल्क बुझाएको भए मिलान गर्ने र कम बुझाएका भए तिर्नुपर्ने विषय उल्लेख रहेको आयोगले...
Source : https://ujyaaloonline.com/story/109307/2024/11/27/commission-directs-nea-not-to-cut-ines-in-industry