एकै दिन २२ सयले बढ्ने सुनको भाउ, तोलामा १ लाख ७० हजार नाघ्यो

काठमाडौं– सुनको भाउ तोलामा १ लाख ७० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ तय भएको हो ।

मंगलबारको तुलनामा आज प्रतितोला २२०० रुपैयाँले सुन महँगिएको छ । हिजो १ लाख ६८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीले प्रतितोला १५ रुपैयाँ बढ्द्ै नयाँ रेकर्ड राखेको छ । । बुधबारका २ हजार १२० रुपैयाँमा सुन कारोबार भइरहेको छ । मंगलबार दिन चाँदी प्रतितोला २ हजार १०५ रुपैयाँ थियो ।

 

Source : https://onlinetvnepal.com/2024/10/185542/