एमालेले काठमाण्डौ महानगरको जरीवाना पत्र बुझ्न मानेन, मेयर शाहले स्टन्टबाजी गरेको आरोप

काठमाण्डाै – सत्तारूढ दल नेकपा एमालेले काठमाण्डौ महानगरपालिकाले पठाएको जरीवानासहतिको पत्र बुझ्न अस्वीकार गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरपालिकाको टोलीलाई नेकपा एमाले केन्द्रीय कार्यालयले आफूहरू आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको हो । गएको शुक्रवार दरबारमार्गमा भएको जागरण सभाको आयोजक नेकपा एमाले जिल्ला काठमाण्डौ, नेकपा एमाले जिल्ला ललितपुर र नेकपा एमाले जिल्ला कमिटी भक्तपुर भएकाले आयोजकहरूलाई नै पत्र बुझाउन एमालेले आग्रह गरेको छ । जागरण सभामा सडक पेटीमा जथाभाबी फोहोर गरेको भन्...

Source : https://ujyaaloonline.com/story/109214/2024/11/24/uml-refused-to-take-fine-letter-of-metropolis