कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकले तोकेको अनुसार, अमेरिकी डलरको खरिद दर १३४ रुपैयाँ २३ पैसा र बिक्री दर १३४ रुपैयाँ ८३ पैसा रहेको छ।

अन्य प्रमुख मुद्राहरूमा, युरोपियन युरोको खरिद दर १४५ रुपैयाँ ३४ पैसा र बिक्री दर १४५ रुपैयाँ ९९ पैसा, जबकि युके पाउण्ड स्ट्रलिङको खरिद दर १७४ रुपैयाँ २४ पैसा र बिक्री दर १७५ रुपैयाँ ०२ पैसा रहेको छ। स्वीस फ्रयाङ्कको खरिद दर १५५ रुपैयाँ ०८ पैसा र बिक्री दर १५५ रुपैयाँ ७७ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलरको खरिद दर ८९ रुपैयाँ ७६ पैसा र बिक्री दर ९० रुपैयाँ १६ पैसा, क्यानेडियन डलरको खरिद दर ९७ रुपैयाँ ०७ पैसा र बिक्री दर ९७ रुपैयाँ ५० पैसा छ। सिङ्गापुर डलरको खरिद दर १०२ रुपैयाँ ०५ पैसा र बिक्री दर १०२ रुपैयाँ ५० पैसा रहेको छ।

जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९० पैसा र बिक्री दर ८ रुपैयाँ ९४ पैसा, चिनियाँ युआनको खरिद दर १८ रुपैयाँ ८५ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ पैसा रहेको छ। साउदी रियालको खरिद दर ३५ रुपैयाँ ७४ पैसा र बिक्री दर ३५ रुपैयाँ ९० पैसा छ, भने कतारी रियालको खरिद दर ३६ रुपैयाँ ८२ पैसा र बिक्री दर ३६ रुपैयाँ ९८ पैसा तोकिएको छ।

थाइ भाट, युएई दिराम, मलेसियन रिङ्गेट, कोरियन वन लगायतका मुद्राहरूको विनिमय दर पनि निर्धारण गरिएको छ। बैंकले हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार र भारतीय रुपैयाँको विनिमय दर पनि प्रकाशित गरेको छ। राष्ट्र बैंकले यस विनिमय दरलाई आवश्यकताअनुसार परिवर्तन गर्न सकिने जनाएको छ, भने वाणिज्य बैंकले तोक्ने दर भने फरक हुनसक्ने जनाएको छ।

The post कुन विदेशी मुद्राको विनिमय दर कति ? appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493728/