केपी ओलीको निर्णयले सुनको भाउ ह्वात्तै घट्यो !

काठमाडौँ । सरकारले सुनको भन्सार महसुल घटाएसँगै मूल्यमा भारी गिरावट आएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनको भन्सार २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झार्ने निर्णय कार्यान्वयन भएसँगै सोमबार सुनको भाउ ह्वात्तै घटेको हो । 

आज सुनको मूल्य प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेर एक लाख ५१ हजार तीन सय रुपैयाँ कायम भएको छ । 

सरकारले गरेको एक निर्णयले सोमबार सुन किन्नेहरुलाई अघिल्लो दिनको तुलनामा तोलामै १५ सय रुपैयाँ फाइदा भएको छ । आइतबार सुनको मूल्य एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, एकै दिन तोलामै  झन्डै १६ हजार रुपैयाँले भाउ घटेपछि मङ्सिर ८ को विवाहका लागि सुन किनेका नव जोडीहरू भने स्तब्ध बनेका छन् । आफ्नो विवाह पनि सकिनु र सुनको भाउ नसोचेको घटेपछि नव विवाहित जोडीहरू स्तब्ध बनेका हुन् । 

Source : https://arthasarokar.com/2024/11/kp-olis-decision-dropped-the-price-of-gold.html