ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौता, सजिलै पैसा पठाउन सकिने

काठमाडौँ । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडईबीच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिट्यान्स सम्झौता भएको छ ।

सम्झौता अनुसार देश बाहिर रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रुपमा रेमिटेन्स पठाउन सक्नेछन् ।

युनाइटेड फिनटेक सोलुसन्स एलएलसीको पूर्ण स्वामित्वमा रहेको इन्स्टेन्ट क्यासले फिनटेकको माध्यमबाट संसारभर रेमिट्यान्स सुविधा प्रदान गर्दै आईरहेको छ । यसरी युएई तथा विश्वको विभिन्न देशबाट ग्लोबल रेमिटमार्फत् पठाएको पैसा ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरु वा नेपालभरी रहेको आइएमई लिमिटेडको ५० हजार भन्दा बढी एजेन्टहरुबाट भुक्तानी लिन सकिनेछ ।

Source : https://arthasarokar.com/2024/11/global-ime-bank-283.html



Related Posts