घरको चौथोतलाबाट लडेर पुरुषको मृत्यु

काठमाडौं– आलोकनगरस्थित एक घरको चौथोतलाबाट लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका–५ का ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–३१ आलोकनगरस्थित नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० पार्टी कार्यालय नजिक रहेको भिटु श्रेष्ठको निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर उनको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको हो ।

 

Source : https://onlinetvnepal.com/2024/10/185202/