चिकित्सकको सामूहिक राजीनामाले प्रादेशिक अस्पतालको सेवा अवरुद्ध

समाचार सुन्नुहोस : 

काठमाडौँ – महोत्तरीस्थित प्रादेशिक अस्पतालमा चिकित्सक अभावका कारण सेवा प्रभावित भएको छ। तीन जना विशेषज्ञ चिकित्सकले सामूहिक राजीनामा दिएपछि अस्पतालको नियमित सेवा प्रभावित भएको हो।

अर्थोपेडिक डा. सरोज भगतका अनुसार तलब, भत्ता र अन्य सुविधाको अभावले राजीनामा दिन बाध्य भएको बताए। स्थानीयले अस्पताल व्यवस्थापन समितिले विशेषज्ञ चिकित्सकप्रति बेवास्ता गरेको आरोप लगाएका छन्।

दैनिक दुई सयजति बिरामी आउने अस्पतालमा विशेषज्ञ डाक्टरको अभावले सेवा लथालिंग भएको छ। जलेश्वर–२ का अनिलकुमार साहले डाक्टरको अनुपस्थितिले बिरामीहरू कठिनाइमा परिरहेको गुनासो गरे।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रभातकुमार गामीले समस्या समाधानका लागि प्रयासरत रहेको बताए। उनका अनुसार अस्पताल व्यवस्थापन समिति, मधेश सरकार, र स्वास्थ्य मन्त्रालयसँग लगातार छलफल भइरहेको छ।

डा. गामीले राजीनामा दिएका चिकित्सकलाई हाललाई असारसम्मको तलबभत्ता लिएर पुनः काममा फर्कन आग्रह गरेका छन्। साथै, बाँकी रकम यथाशक्य चाँडो उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको जानकारी दिएका छन्।

The post चिकित्सकको सामूहिक राजीनामाले प्रादेशिक अस्पतालको सेवा अवरुद्ध appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/11/496633/