चीनसँग जोडिएको मुस्ताङको कोरला नाका व्यवस्थित हुन सकेन

काठमाण्डौ – चीनसँग जोडिएको मुस्ताङको कोरला नाका व्यवस्थित हुन सकेको छैन । व्यापारिक नाका र पर्यटकीय गन्तव्यका रूपमा विकास भएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ मा पर्ने कोरला नाकामा चीनतर्फ भव्य महल छन् । कोरलाको चीनतर्फ निर्माण भएको भवनभित्र पसलहरू छन् । भवन पछाडि ठूलो बस्ती बसेको छ । चीनले कोरलासम्म कालोपत्र सडक निर्माण गरेको छ । तर नेपालतर्फ टहरामात्रै छन् । चिनियाँ बजारबाट स्थानीय बासिन्दाले दैनिक उपभोग्य, फर्निचर र कपडाजन्य सामान किनेर ल्याउने गरेका छन् । नेपालतर्फबाट चामल, फापरको पीठो, चिउरा, चाउ...

Source : https://ujyaaloonline.com/story/108578/2024/11/7/mustang-korala-border-crossing-could-not-managed-