जुही चावला सर्वाधिक धनी

एजेन्सी ।

बलिउड अभिनेत्री जुही चावला भारतकी सबैभन्दा धनाढ्य अभिनेत्री बनेकी छन्। हुरुन रिच लिस्ट २०२४ को सूचीअनुसार जुहीले चार हजार ६ सय करोड भारु (५८० मिलियन डलर)सहित भारतकी सर्वाधिक धनी अभिनेत्री बन्दै अन्य अभिनेत्रीलाई सम्पत्तिको मामलामा पछाडि पारेकी छन्।

भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो समय फिल्ममा सक्रिय नरहेकी र एक दशकसम्म पनि कुनै हिट फिल्म दिन नसकेकी उनको सम्पती अहिलेका चर्चित र व्यस्त अभिनेत्रीको भन्दा कयौं गणा बढी रहेको छ।

जुहीले यो सफलता भने आफ्नो व्यवसायमार्फत हासिल गरेकी हन्। जुही चावलाको सम्पतीको आंशिक स्रोत फिल्म हो भने विभिन्न व्यवसायसहित आईपीएलको कोलकाता नाइट राइडर्ससहितको सहमालिक हुन्।

जुहीपछि दोस्रो स्थानमा भने एक सय मिलियन डलर (८५० करोड भारु) सहित अर्की अभिनेत्री ऐश्वर्या राय छिन्। यो लिस्टको तेस्रो स्थानमा अभिनेत्री प्रियंका चोपडा रहेकी छन्।

जसको कुल सम्पती ६ सय ५० करोड भारु छ। शीर्ष पा“च धनी भारतीय अभिनेत्रीको लिस्टमा अभिनेत्रीहरू आलिया भट्ट र दीपिका पादुकोण पनि रहेका छन्।

Source : https://newsofnepal.com/2024/10/21/674430/