त्रिभुवन विश्वविद्यालयमा उत्तरपुस्तिका हराउन जिम्मेवारमाथि कारबाही गर्न ढिलाइ
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीका उत्तरपुस्तिका हराउन जिम्मेवार रहेकामाथि कारबाही गर्न ढिलाइ गरेको छ । उत्तरपुस्तिका संरक्षण गर्न नसकेर लापरबाही गरेको भन्दै छानबिन समितिले परीक्षा नियन्त्रक पुष्पराज जोशीसहितका अधिकारीहरूमाथि कारबाही गर्न सिफारिस गरेको थियो ।