दक्षिण कोरियामा एक शताब्दीपछिकै बाक्लो हिमपात, तीन जनाको ज्यान गयो

दक्षिण कोरियाको राजधानी सियोलसहितका क्षेत्रमा एक शताब्दीपछिकै बाक्लो हिमपात भइरहेको छ । सियोलमा नोभेम्बरमा सन् १९०७ पछिकै बाक्लो हिमपात भएको बीबीसीले जनाएको छ । राजधानीका केही भागमा ४० सेन्टिमिटरसम्म हिउँ जम्मा भएको गृह मन्त्रालयले जनाएको छ । हिजो बुधवार निकै बाक्लो हिउँ परेकोमा आज बिहानैदेखि थप हिमपात शुरू भएको खबरमा उल्लेख छ । हिमपातका कारण घर भत्किएर र चिप्लिएर तीन जनाको ज्यान गएको छ । हिजो र आज गरी दुई सय ५० वटा हवाई उडान स्थगित भएका छन् । राजधानी सियोलका धेरै सडक बन्द भएका छन् । कयाैं ठाउँमा व...

Source : https://ujyaaloonline.com/story/109371/2024/11/28/heavy-snowfall-in-south-korea-after-a-century